Skip to content
Prabhu

१ महिनामा १४ प्रतिशतले बजार घट्दा केही कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं । भदौ लागेदेखि सेयर बजार ओरालो यात्रामा रहेको छ । भदौ महिनामा नेप्से परिसूचक साउनको तुलनामा १४ प्रतिशतले घटेको हो । नेप्सेमा भदौ महिनालागेपनि ४२० अंकले घट्यो ।

साउन ३१ गते ३००० दशमलव ८१ विन्दुमा कारोबार बन्द भएको नेप्से भदौ ३१ गतेको कारोबार अवधिमा २५८० दशमलव ७६ विन्दुमा पुगेको छ । सेयर बजार नयाँ उचाइ पुग्ने अनुमानका बीच बजार दिनप्रतिदिन घटीरहेको छ । येसर बजारमा भदौ महिनामा २६७ कम्पनीको सेयर किनबेच भयो । एक महिनाको अवधिमा जम्मा ३० कम्पनीको सेयर मूल्य बढ्यो भने अन्यको सेयर मूल्यमा गिरावट आयो ।

सेयर बजार लगातार रुपमा घट्दा पनि केही कम्पनीको सेयर मूल्यमा भने उच्च वृद्धि भएको छ । एक महिनाको अवधिमा एक कम्पनीको सेयर मूल्य ८२ प्रतिशतभन्दा बढीले बढेको छ । भदौ महिनामा आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ८२.३६ प्रतिशतले बढेको हो ।

यसरी उच्च दरमा मूल्य बढ्ने पाँच कम्पनीमा विन नेपाल लघुवित्त, मानुषी लघुवित्त, इस्टर्न हाइड्रोपावर र समाज लघुवित्त रहेका छन् । भदौ महिनामा सेयर बजार घट्दा पनि विन नेपाल लघुवित्तको सेयर मूल्य साउनको तुलनामा ७८.५२ प्रतिशतले बढेको छ । त्यस्तै मानुषी लघुवित्त र इस्टर्न हाइड्रोपावर दुवैको सेयर मूल्य २५.७२ प्रतिशतले र समाज लघुवित्तको सेयर मूल्य १९.१२ प्रतिशतले बढेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal