Skip to content
Prabhu

कुचोसंघले सञ्चालन गरेको तालिमको समापन

काठमाडौं । व्यापार तथा निकासी प्रबर्धन केन्द्रको सहयोगमा नेपाल कुचो संघले सञ्चालन गरेको कुचो तालिमको आज समापन गरिएको छ । भदौ १६ गतेदेखि सञ्चालन गरिएको तालिमको आज एक कार्यक्रमका बीच समापन गरिएको हो ।

तालिममा सहभागि भएका ५० जना प्रशिक्षार्थीलाई प्रतिनिधी सभा सदस्य सुहाङ नेम्वाङले प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा उनले सरकारले कृषि क्षेत्रका लागि आवश्यक बजेट विनियोजन गर्न नसकेको बताए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उनले अहिले सबै तिर नकारात्मकता फैलिएको भन्दै सकारात्मक सोचका साथ काम गर्नु पर्ने उनको भनाइ थियो । उनले छोटो समयमा नै कुचो को उल्लेखनिय निकासी भएको भन्दै राज्यको व्यापार घाटामा टेवा पुर्‍याएको बताए ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले कुचो भारत निर्यात गर्दा पनि नगद अनुदानको व्यवस्था हुनु पर्ने बताए । अहिले भारत बाहेकका देशमा निकासी हुँदा मात्रै अनुदान पाइने भएकाले भारत निर्यात गर्दा पनि नगद अनुदानको व्यवस्था गर्नु पर्ने उनको भनाइ थियो ।

कार्यक्रममा व्यापार ताथ निकासी प्रबद्र्धन केन्दका शरदविक्रम राणा, डेरी एशोसियसनका अध्यक्ष प्रल्हाद दाहल लगायतले कुचो संघको कामको प्रशंसा गरेका थिए । त्यस्तै संघका अध्यक्ष राजकुमार कार्कीले कुचो निर्यातमा बंगलादेशले लगाउने कर को बारेमा ध्यानाकर्षण गराएका थिए । युवराज सुबेदिले संचालन गरेको उक्त कार्यक्रम उपाध्यक्ष सुबास बोलखेले स्वागत मन्तव्य राखेका थिए र उपाध्यक्ष रबिन्द्र खड्काले कार्यक्रमकाे समापन गरेका थिए ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal