काठमाडौं । महालक्ष्मी साहित्य पुरस्कार–२०८० मकवानपुरकी महाकाव्यकार मुना अर्याल (धिताल) लाई प्रदान गरिएको छ । मातृभूमि साहित्य समाज, मकवानपुरको आयोजना एवं महालक्ष्मी विकास बैंक लिमिटेडको संयोजनमा एक्काइसौँ महालक्ष्मी साहित्य पुरस्कार, २०८० अर्याललाई प्रदा नगरिएको हो ।
नगद ५१ हजार रुपैयाँको पुरस्कार शनिवार हेटौँडामा आयोजना गरिएको एक कार्यक्रममा बीच अर्यातलाई प्रदान गरिएको हो । तत्कालीन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैंकसँग मर्जर भएको) बाट भाषा, साहित्यको क्षेत्रमा योगदान पुर्याउने साहित्यकारहरूलाई सम्मान गर्नुपर्छ भन्ने प्रमुख उद्देश्यका साथ वि.स. २०५९ सालमा स्थापित यो पुरस्कार यस वर्ष मातृभूमि साहित्य समाज, मकवानपुरको संयोजनमा साहित्यकार मुना अर्याललाई प्रदान गरिएको हो ।
मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षयता तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द« लामिछानेको प्रमुख आतिथ्ययतामा सञ्चालित उक्त कार्यक्रममा यस बैकका बागमती प्रदेश “ख” का प्रदेश प्रमुख र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द« लामिछानेले संयुक्त रूपमा प्रदान गरेका थिए ।
यस कार्यबाट नेपालमा साहित्य क्षेत्रको विकास तथा संरक्षण गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरू र करिब ८ लाख ग्राहकहरू रहेका छन् ।








प्रतिक्रिया दिनुहोस्