एजेन्सी । स्क्यानडेभियन एयरलाइन्सको एक उडानका क्रममा खानामा मुसा भेटिएपछि उडान डाइभर्ट गरिएको छ । यो विमान नर्वेको राजधानी ओस्लोबाट स्पेनको मालागा जाँदै थियो । खानाबाट मुसा निस्किएपछि विमानलाई कोपनहेगन, डेनमार्कमा आपतकालीन अवतरण गर्नुपरेको थियो ।
एयरलाइन्सका प्रवक्त्ता ओइस्टेन श्मिटले भनेअनुसार, मुसा भेटिएपछि सुरक्षाको खतरासँग सम्बन्धित भएकाले विमान डाइभर्ट गरिएको हो । जुन कम्पनीको प्रक्रिया अनुरूप थियो। उडानका यात्रुहरूलाई अर्को विमानमा मालागा पठाइएको थियो ।
विमानमा मुसा जस्ता जनावरहरू प्रवेश गर्न नदिन कडाइ गरिएको हुन्छ, किनभने तिनीहरूले बिजुलीको तार चपाउन सक्ने खतरा हुन्छ। “यस्तो घटना धेरै दुर्लभ हुन्छ”, उनले भने ।
यो एक हप्तामा मुसासम्बन्धी दोस्रो यात्रा घटना थियो। दक्षिण इंग्ल्यान्डमा एउटा ट्रेन सेवा पनि बीचैमा रोक्नुपरेको थियो ।
प्रतिक्रिया दिनुहोस्