काठमाडौं । साताको पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २४ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २४ दशमलव ५३ अंकले बढेको हो ।
आजको प्रि ओपन सेसन बन्द हुँदा परिसूचक २६०१ दशमलव २९ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स ५ दशमलव २६ विन्दुले बढेको छ ।
आजको प्रि ओपनस सेसनमा ९४ कम्पनीका ३४ हजार ८४० कित्ता सेयर २०५ पटक खरिद बिक्री हुँदा १ करोड ५१ लाख ५५ हजार ६४३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्