Skip to content
Prabhu

सेयर बजारमा ११ अंकको वृद्धि हुँदा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil

काठमाडौं । आइतबार सेयर बजारमा केही सुधार देखिएको छ । कारोबार रकम घटे पनि नेप्से परिसूचक भने ११ अंकभन्दा बढीले बढेको हो ।

आजको कारोबार बन्द हुँदा १३८ कम्पनीको सेयर मूल्य बढेको छ । तीमध्ये ३ वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजारमा इस्र्टन हाइड्रोपावर लिमिटेड, आत्मनिर्भर लघुवित्त र अपर साङ्गे हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ ।

आइतबारको कारोबार बन्द हुँदा इस्र्टन हाइड्रोको सेयर मूल्य ७८ रुपैयाँले बढेर ८५८ रुपैयाँ पुगेको छ । त्यस्तै आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्य पनि ५१५ रुपैयाँले बढेर ५ हजार ६६५ रुपैयाँ पुगेको छ । आज १० प्रतिशतले सेयर मूल्य बढेको अर्को कम्पनी हो अपर साङ्गे हाइड्रोपावर । यो कम्पनीको सेयर मूल्य ७१ रुपैयाँ ८० पैसाले बढेर ७८९ रुपैयाँ ८० पैसा पुगेको छ ।

त्यस्तै आज धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा सयपत्री हाइड्रापावर र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ योजना–२ रहेका छन् । आजको कारोबार बन्द हुँदा सयपत्री हाइड्रोपावरको सेयर मूल्य ४८ रुपैयाँले बढेर ७३० रुपैयाँ कायम भएको छ । यो अघिल्लो कारोबार दिनभन्दा ७.०४ प्रतिशतले धेरै हो । सिद्धार्थ इन्भेष्टमेन्टको सेयर मूल्य ०.५९ रुपैयाँले घटेर ९ रुपैयाँ २१ पैसा पुगेको छ । यो अघिल्लो कारोबार दिनभन्दा ६.८४ प्रतिशतले धेरै हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal