Skip to content
Prabhu

सेयर बजार सामान्य बढ्दा धेरै घट्ने शीर्ष ५ कम्पनीहरू

nabil

काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । कारोबार रकम अघिल्लो कारोबारको भन्दा कम भएको दिन ९४ कम्पनीको सेयर मूल्य घटेको हो ।

९४ कम्पनीको सेयर मूल्य घटेको दिन धेरै घट्ने शीर्ष पाँच कम्पनीमा रावा इनर्जि डेभलपमेन्ट लिमिटेड, स्वरोजगार लघुवित्त, एनआईसी एशिया ब्यालेन्स फण्ड, कालिका लघुवित्त र साहस उर्जा लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै घटेको हो । आजको कारोबार बन्द हुँदा रावा इनर्जिको सेयर मूल्य ७१ रुपैयाँले घटेर ७५० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.६५ प्रतिशतले कम हो ।

त्यस्तै आज स्वरोजगार लघुवित्तको सेयर मूल्य पनि ७.४२ प्रतिशत अर्थात् ८१ रुपैयाँले घटेर १ हजार १० रुपैयाँ पुगेको छ। त्यस्तै एनआईसि एशिया ब्यालेन्स फण्डको सेयर मूल्य पनि ६.६४ प्रतिशत अर्थात् ०.६४ रुपैयाँले घटेर ९ रुपैयाँ पुगेको छ ।

आज सेयर बजारमा कालिका लघुवित्तको सेयर मूल्य पनि ६२ रुपैयाँले घटेर १ हजार ६२ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ५.५२ प्रतिशत कम हो । त्यस्तै साहस उर्जाको सेयर आज २४ रुपैयाँ ९० पैसाले घटेर ५६३ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार दिनभन्दा ४.२४ प्रतिशतले कम हो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal