काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको सेयर संरचना परिवर्तन भएको छ । परिवर्तनपछि कम्पनीको संस्थापक समूहतर्फको ५१ प्रतिशत अर्थात् कुल कित्तामध्ये २६ लाख ४६ हजार ९ सय कित्ता र सर्वसाधारणको ४९ प्रतिशत अर्थात् २५ लाख ४३ हजार १ सय कित्ता कायम भएको छ ।
बैंकको गत चैत २७ गते सम्पन्न वार्षिक साधारण सभाले सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्