काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा सेयर बजारबाट ६ अर्ब ८१ करोडभन्दा बढीको पुँजीगत लाभाकर संकलन भएको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसारको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा सेयर बजारबाट ६ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ पुँजीगत लाभकरण संकलन भएको हो ।
साउन महिनाको तुलनामा भदौ महिनामा ३९ प्रतिशतले कम पुँजीगत लाभकर संकलन भएको छ । साउन महिनामा सेयर बजार ३००० विन्दु माथि पुगेको थियो । साउन महिनामा मात्रै सेयर बजारबाट ४ अर्ब २३ करोड ५३ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । भदौ महिनामा भने त्यसको ३९ प्रतिशत कम २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ ।
भदौ महिनामा समग्र सेयर बजार १४ प्रतिशतले घट्दा पनि पुँजीगत लाभकर उल्लेख्य रुपमा नै संकलन भएको छ । भदौ महिनामा साउनको तुलनामा सेयर बजार परिसूचक ४२० अंकले घटेको थियो ।
भदौ महिनामा व्यक्तिगत दीर्घकालीन पुँजीगत लाभकर ७३ करोड ३९ लाख रुपैयाँ संकलन भएको छ । व्यक्तिगत अल्पकालीन पुँजीगत लाभकर १ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ संकलन भएको छ । सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर खरिद गरेर एक वर्ष भन्दा कम अवधिमा नै बिक्री गरेमा ७.५ प्रतिशत र एक वर्षभन्दा बढी समय होल्ड गरेर बिक्री गरेमा ५ प्रतिशत पुँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था छ ।
त्यस्तै भदौ महिनामा कर्पोरेट पुँजीगत लाभकर ३० करोड ४० लाख रुपैयाँ संकलन भएको छ भने स्टक डिलरको पुँजीगत लाभकर ३० लाख ३९ हजार रुपैयाँ संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस्