काठमाडौं । एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले असोज २० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि बैंकले असोज ८ गते बुक क्लोज गर्ने गर्दै छ । तसर्थ आजसम्म कायम रहने सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउने छन् ।
सभा अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । बैंकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगदसहित १५.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव गरेको छ ।
प्रतिक्रिया दिनुहोस्