Skip to content
Prabhu

इर्स्टन हाइड्रोपावर र आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट

nabil

काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । अघिल्लो दिनको कारोबार बन्द हुँदा दुवै कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेर बन्द भएको थियो । तर, आज भने दुवै कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार जारी रहँदा इर्स्टन हाइड्रोपावर र आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट  हाइड्रोपावरको सेयर मूल्य ८५ रुपैयाँ ७० पैसाले घटेर ७७२ रुपैयाँ ३० पैसामा पुगेको छ । यो अघिल्लो दिनको कारोबार भन्दा ९.९९ प्रतिशतले कम हो । त्यस्तै आत्मनिर्भर लघुवित्तको सेयर मूल्य पनि यो समाचार तयारपार्दासम्म ५६४ रुपैयाँ ९० पैसाले घटेर ५ हजार १०० रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९७ प्रतिशतले कम हो ।

यो समाचार तयारपार्दासम्म समग्र नेप्से परिसूचक ३३ दशमलव ०२ अंकले घटेर २५५५ दशमलव ३२ विन्दुमा पुगेको छ। यो अवस्थामा सेयर बजारमा १ अर्ब ६२ करोड ८० लाख १४ हजार ६३२ रुपैयाँको कारोबार भएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal