Skip to content
Prabhu

सेयर बजारमा भारी गिरावट हुँदा पनि हिमालयन हाइड्रोपावरको सेयर मूल्यमा ९ प्रतिशतको वृद्धि

nabil

काठमाडौं । सोमबार सेयर बजारमा उच्च अंकको गिरावट भयो । बजार परिसूचक ५९ अंकले घटेर बन्द भयो । कारोबार भएका कम्पनीमध्ये १४ वटाको मात्रै सेयर मूल्य बढेको छ ।

सेयर बजार राताम्य भएको दिन आज हिमालयन हाइड्रोपावरको सेयर मूल्य भने ९ प्रतिशत भन्दा बढीले बढेको छ । यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ९.८४ प्रतिशत अर्थात् ४९ रुपैयाँले बढेर ५४७ रुपैयाँ पुगेको छ । त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा एक्सल डेभलपमेन्ट बैंक, सिभिल बैंक डिबेन्चर २०८८, रावा इनर्जि डेभलपमेन्ट बैंक र नेपाल फाइनान्स रहेका छन् ।

आजको कारोबार बन्द हुँदा एक्सल डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.१२ प्रतिशत अर्थात् ५१ रुपैयाँले बढेर ६७९ रुपैयाँ पुगेको छ । त्यस्तै आजको कारोबार बन्द हुँदा सिभिल बैंक डिभेन्चरको सेयर मूल्य ६२ रुपैयाँ ५० पैसाले बढेर १ हजार १३८ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.८१ प्रतिशतले धेरै हो ।

रावा इनर्जिको सेयर मूल्य पनि आज ५.३३ प्रतिशत अर्थात् ४० रुपैयाँले बढेर ७९० रुपैयाँ पुगेको छ । आजको नेपाल फाइनान्सको सेयर मूल्य पनि ६९ रुपैयाँले बढेको छ । यो कम्पनीको सेयर मूल्य १ हजार ४२० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.११ प्रतिशतले धेरै हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal