Skip to content
Prabhu

सिप्ला सेक्युरिटिज र लगानीकर्ता दीपेन्द्र अग्रवालबीच विवाद

nabil

काठमाडौं । स्टक ब्रोकर सिप्ला सेक्युरिटिज र लगानीकर्ता दीपेन्द्र अग्रवालबीच विवाद देखिएको छ । लगानीकर्ता अग्रवाल आफ्नो रकम नदिएको भन्दै नेप्सेमा उजुरु दिए भने ब्रोकर कम्पनी सिप्लाले अग्रवालले रकम नतिरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दिएको हो । अग्रवालले धितोपत्र बोर्डमा दिएको उजुरीमा ब्रोकर नम्बार २० रहेको सिप्लाले करोडौं रकम हिनामिना गरेको आरोप लगाएका छन् । उनले २० करोड रुपैयाँ नतिरेको आरोप लगाएका छन् ।

अग्रवालले १६ करोड रुपैयाँ हिसाब मिलान गर्न अटेरी गरेको भन्दै सिप्ला सेक्युरिटिजले असोज ६ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दिएको थियो । उजुरीको खण्ड्न गर्दै अग्रवालले सिप्ला सेक्युरिटिजले उल्टै आफूलाई २० करोड दिनुपर्नेमा नदिएको भन्दै नेपाल धितोपत्र बोर्ड, सीआईबी र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उजुरी दिएका छन् । बोर्ड र नेप्सेमा यसअघि नै उनीहरूको लेनदेनबारे उजुरी परेको थियो ।

सिप्लाले पठाएको पत्रअनुसार हिसाब फरफारक गर्न असोज ४ गते ग्लोबल बैंकको शाखामै पुग्दा पनि अग्रवालले शाखा प्रबन्धकसँग आफैं कुरा मिलाएर आउँछुभन्दै चेक लिएर फरार भएको बताइएको छ ।

 

 

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal