काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकको असोज ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । लाभांश घोषणा गर्ने सिटिजन्स बैंक दोस्रो वाणिज्य बैंक हो । यस अघि एभरेष्ट बैंकले आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्