एजेन्सी । सूचना प्रविधिमा देखिएको समस्याका कारण अलास्का एयरलाइन्सको उडानमा समस्या देखिएको छ । कम्पनीले आइटी समस्याका कारण आफ्नो प्रणालीमा समस्या देखिएको र त्यसले आइतबार राति सियाटलमा उडानमा ढिलाइ तथा ग्राउन्ड स्टप (भुइँमा रोक्ने आदेश) जारी भएको बताएको छ ।
एयरलाइन्सले समस्या सोमबार बिहान १ बजे समस्या समाधान भएको जानकारी दिएको छ, र उडान सञ्चालन तथा एयरलाइन्सको वेबसाइट सामान्य अवस्थामा फर्किएको जनाएको छ ।
फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार आइतबार अलास्का एयरलाइन्सका २४९ उडानहरू ढिलो भए, जुन उनीहरूको कुल तालिकाको लगभग ३० प्रतिशत हो ।
“हिजो राति, हामीले एक आइटी समस्याको सामना गर्यौं जसले हाम्रो सञ्चालनमा महत्त्वपूर्ण अवरोध निम्त्यायो, जसमा उडान ढिलाइहरू पनि सामेल छन्”, एयरलाइन्सले एक विज्ञप्तिमा भनेको छ । कम्पनीले यस घटनालाई कुनै ह्याक वा दुर्भावनायुक्त गतिविधिको परिणाम नभएको पनि बताएको छ।
अलास्का एयर ग्रुपको सेयर सोमबार बिहानको कारोबारमा २.५ प्रतिशतले बढेर ४४१ पुगेको छ र यस वर्षको सुरुदेखि झन्डै ५ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्