काठमाडौं । मंगलबारको प्रिओपन सेसनमा नेप्से सामान्य अंकले घटेको छ । अघिल्लो दिनको प्रिओपन सेसनमा बढेको नेप्से आज ० दशमलव १८ अंकले घटेर बन्द भएको हो ।
आजको प्रिओपन सेसन बन्द हुँदा नेप्से परिसूचक २५२९ दशमलव १४ विन्दुमा पुगेको छ । आजको प्रिओपन सेसनमा १३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य भने आजको प्रि ओपनमा स्थिर रहेको छ ।
आजको प्रिओपन सेसनमा ३० कम्पनीका १ हजार २८९ कित्ता सेयर ४९ पटक खरिद बिक्री हुँदा ८ लाख ३७ हजार ३०१ रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्