काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले कम्पनी सचिव परिवर्तन गरेको छ । कम्पनीका सचिव जयन्तकुमार रेग्मीले पदबाट राजीनामा दिएपछि कान्त श्रेष्ठलाई नयाँ कम्पनी सचिवको जिम्मेवारी दिइएको हो ।
हाइड्रोको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले रेग्मीको राजीनामा स्वीकृति गरेर श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको हो । कान्त श्रेष्ठको नियुक्ति असोज ८ गतेदेखि लागू हुनेछ ।
प्रतिक्रिया दिनुहोस्