Skip to content
Prabhu

रुरु जलविद्युत् परियोजनाले सुम्निमा हाइड्रो पावरमा ५१ प्रतिशत लगानी गर्ने

nabil

काठमाडौं । रुरु जलविद्युत् परियोजना लिमिटेडले सुम्निमा हाइड्रो पावर कम्पनी प्रालिको सेयरमा ५१ प्रतिशत स्वामित्व कायम हुने गरी लगानी गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज ७ गतेको बैठकले उक्त निर्णय गरेको हो ।

सुम्निमा हाइड्रो पावर कम्पनीले भोजपुरमा प्रर्वद्धन गरिरहेको दुई जलविद्युत् आयोजनाहरू–अपर पिखुवा खोला (४.९ मेगावाट) र पिखुवा पशुपति (४.१ मेगावाट) परियोजनामा रुरु जलविद्युत परियोजनाको बहुमत स्वामित्वमा लगानी हुने भएको छ । रुरु जलविद्युत परियोजनाले अन्य जलविद्युत कम्पनीहरूमा लगानी गर्ने नीतिअनुरुप यो कदम चालेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडीएस एण्ड क्लीयरिङ्ग लिमिटेड र विद्युत नियमन आयोगलाई यसबारे जानकारी गराउँदै आवश्यक सहयोगको लागि आग्रह समेत गरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal