Skip to content
Prabhu

मंगलबार सेयर बजारमा धेरै मूल्य बढ्ने यी हुन ५ कम्पनी

nabil

काठमाडौं । मंगलबार पनि सेयर बजार राताम्य भएर बन्द भयो । अधिकांश कम्पनीको सेयर मूल्य घटेको दिन परिसूचक ५८ अंकले घटेर बन्द भएको हो ।

बजार पूरै राताम्य हुँदा पनि १० वटा कम्पनीको सेयर मूल्य भने आज बढेको छ । आजको सेयर बजारमा धेरै मूल्य बढ्ने पाँच कम्पनीमा स्वरोजगार लघुवित्त वित्तीय संस्था, अपर स्याङ्गे हाइड्रोपावर, एनआइबिएल ग्रोथ फण्ड, इङ्ग्वा हाइड्रोपावर र नविल ब्यालेन्स फण्ड–३ रहेका छन् ।

आज सबैभन्दा धेरै मूल्य बढ्नेमा स्वरोजगार लघुवित्त रहेको छ । यो कम्पनीको सेयर मूल्य ८.८१ प्रतिशतले बढेको हो । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८५ रुपैयाँले बढेर १ हजार ५० रुपैयाँ पुगेको छ ।

त्यस्तै आज अपर स्याङ्गे हाइड्रोको सेयर मूल्इ पनि ६३ रुपैयाँ ८० पैसाले बढेर ८७९ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार दिनको भन्दा ७.८३ प्रतिशतले धेरै हो । आजको कारोबार बन्द हुँदा एनआईबिएल ग्रोथ फण्डको सेयर मूल्य ०.४७ रुपैयाँले बढेर १० रुपैयाँ १७ पैसा पुगेको छ । यो अघिल्लो कारोबार दिनको भन्दा ४.८५ प्रतिशतले बढी हो ।

मंगलबारको कारोबार बन्द हुँदा इन्ग्वा हाइड्रोको सेयर मूल्य पनि ४.१४ प्रतिशत अर्थात २० रुपैयाँ १० पैसाले बढेर ५०६ रुपैयाँ पुगेको छ । त्यस्तै नविल ब्यालेन्स फण्ड–३ को सेयर मूल्य पनि ४.०८ प्रतिशत अर्थात ०.३४ रुपैयाँले बढेर ८ रुपैयाँ ६७ पैसा पुगेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal