Skip to content

सन नेपाल लाइफले बिलम्ब शुल्कमा ७५ प्रतिशत छुट दिने

nabil bank

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बीमित ग्राहकहरूका लागि विशेष योजनाअन्तर्गत व्यतित बीमालेखहरू पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशत छुट दिने भएको छ । यो योजना सन् २०८१ असोज ९ देखि असोज मसान्तसम्म लागू हुनेछ ।

कम्पनीले बीमा प्राधिकरणद्वारा जारी गरिएको जीवन बीमालेखसम्बन्धी निर्देशिका २०७९ को मापदण्डहरूलाई पालन गर्दै यो छुट योजना ल्याएको जनाएको छ । जसअनुसार निर्धारित मितिमा नवीकरण शुल्क तिर्न असफल भएका बीमालेखहरूमा यो विशेष छुट लागू हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime