Skip to content

मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर लक–इन अवधि भोलि सकिँदै

nabil bank

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयर लक–इन अवधि कात्तिक ११ गते समाप्त हुने भएको छ । कम्पनीले जानकारी दिएअनुसार, विभिन्न समूहका सेयरधनीहरूको लागि यो लक–इन अवधि समाप्त हुँदै छ, जसमा संस्थापक सेयरधनी, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीहरू, संस्थापक सेयरधनी संस्थाका कर्मचारी, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारी, आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय बासिन्दा र कम्पनीका कर्मचारीहरू समावेश छन् ।

कम्पनीले सार्वजनिक गरेको तथ्यांकअनुसार, कुल ५ करोड १३ लाख ६० हजार कित्ता सेयरको लक(इन अवधि समाप्त हुँदैछ । यसमा संस्थापक सेयरधनीका ३ करोड ६ लाख कित्ता, कर्मचारी सञ्चय कोषमा रहेका सञ्चयकर्ता कर्मचारीहरूका १ करोड १७ लाख कित्ता, संस्थापक संस्थाका कर्मचारीहरूको २१ लाख कित्ता, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीहरूको ६ लाख कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका ६० लाख कित्ता र कम्पनीका कर्मचारीहरूको ३ लाख ६० हजार कित्ता सेयर समावेश छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi