काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष छनोट समितिले तेस्रो पटक अन्तर्वार्ताको लागि ३ जनालाई असोज १८ गते बोलाएको छ ।
धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्न गठित सिफारिस समितिले दुई पटकसम्म अन्तर्वार्तामा सहभागी नभएका कृष्णबहादुर कार्की,चिरञ्जिवी चापागाईँ र डा नवराज अधिकारीलाई अन्तर्वार्तामा बोलाएको छ ।
समितिले ५ जनालाई सर्टलिष्ट गरेपनि दुईजना मुक्ति श्रेष्ठ र सुनिलनारायण श्रेष्ठ मात्र अन्तर्वार्तामा उपस्थित भएका थिए । माओवादी निकट भनेर चिनिएका ३ जना दुईपटकसम्म अन्तर्वार्तामा उपस्थित भएका थिएनन् ।
त्यसपछि पुष्पकमल दाहाल नेतृत्वको सरकार परिवर्तन भएर केपी शर्मा ओली प्रधानमन्त्री बने । यो पटक धितोपत्र बोर्डले नयाँ स्टकको लाइसेन्स दिने हुँदा बोर्ड अध्यक्षको लागि आफू अनुकुलको व्यक्ति ल्याउनको लागि व्यवसायिक घरानाबीच निकै ठूलो प्रतिस्पर्धा रहेको छ । जसको कारण धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया नै पेचिलो र विवाद भएको छ ।
माघदेखि धितोपत्र बोर्डमा अध्यक्ष पद खाली रहेको छ ।
प्रतिक्रिया दिनुहोस्