Skip to content
Prabhu

सानिमा रिलायन्स लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

nabil

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज ११ गते एक दिनको लागि बुकक्लोज गर्ने भएको हुँदा असोज १० गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित बोस र सभामा भाग लिन पाउने छन् ।

कम्पनीले आफ्ना लगानीकर्तालाई १८.३८११ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्ताव पारितका लागि कम्पनीले आफ्नो सातौ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा असोज २३ गतेका दिन अनमोल बैंक्वेट, शंखमुल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आव २०८९/८० को वार्षिक प्रतिवेदनमाथी छलफेल गरी पारित गर्ने भएको छ । त्यस्तै, साविक रिलायन्स लाइफ र सानिमा को आव २०७९/८० को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह वितरण गर्ने सम्बन्धका प्रस्तावसमेत सभाले पारित गर्ने भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal