Skip to content
Prabhu

चालु खाता ३० अर्ब ८९ करोडले बचतमा

nabil

काठमाडौं । सरकारको चालु खाता एवम् शोधनान्तरस्थिति ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार चालु खाता तथा सोधानान्तर अवस्था ३० अर्ब ८९ करोडले बचतमा रहेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१३ अर्ब ३७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १० करोड १३ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ४ लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.२२ करोड ३२ लाख कायम भएको छ भने प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह रु. ७९ करोड ९८ लाख रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.२७ करोड २६ लाख कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटि मात्र) रु.२ अर्ब ६५ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.४० अर्ब ९० करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.३६ अर्ब ४३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३० करोड ५१ लाखले बचतमा रहेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal