Skip to content
Prabhu

सेयर बजार घट्दा पनि विन नेपाल लघुवित्तका सेयरधनीले भने धेरै कमाए

nabil

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भयो । कारोबार भएका कम्पनी मध्ये ३८ वटाको मात्रै सेयर मूल्य बढ्यो भने बाँकीको घट्यो ।

परिसूचक घट्दा पनि आज विन नेपाल लघुवित्तका सेयरधनीले भने सबैभन्दा धेरै कमाएका छन् । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.८५ प्रतिशतले बढेको हो । यो कम्पनीको सेयर मूल्य आजको कारोबार बन्द हुँदा २६० रुपैयाँले बढेर २ हजार ९०० रुपैयाँ पुगेको छ । त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा बोटल्स नेपाल (बालाजु), एसबिएल डिबेन्चर २०८३, एनआईसी एशिया डिबेन्चर २०८५÷८६ र एनएमबी डिबेन्चर २०८९÷९० रहेका छन् ।

आजको कारोबार बन्द हुदा बोटल्स नेपालको सेयर मूल्य प्रतिकित्ता ८१५ रुपैयाँले बढेर १६ हजार ९३१ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ५.०६ प्रतिशतले धेरै हो । त्यस्तै एसबिएल डिबेन्चरको सेयर मूल्य पनि ५.०५ प्रतिशत अर्थात् ५२ रुपैयाँ ७० पैसाले बढेर १ हजार ९५ रुपैयाँमा कारोबार बन्द भएको छ ।

बिहीबार एनआईसी एसिया डिबेन्चरको सेयर मूल्य पनि ४८ रुपैयाँले बढेर १ हजार १०० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.५६ प्रतिशतले धेरै हो । आज एनएमबि डिबेन्चरको सेयर मूल्य पनि ४.०३ प्रतिशत अर्थात् ४५ रुपैयाँ ८० पैसाले बढेर १ हजार १८२ रुपैयाँ ६० पैसा पुगेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal