Skip to content
Prabhu

बैंक तथा वित्तीय संस्थाहरुको संख्या १०७, शाखा संख्या साढे ११ हजार बढी

nabil

काठमाडौं । नेपाल राष्ट्र बैंकले दिएको तथ्यांकअनुसार २०८१ साउन मसान्तसम्ममा इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या १०७ पुगेको छ । यीमध्ये २० वटा वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा छन् ।

२०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको संख्या ११२ रहेकोमा साउन मसान्तमा घटेर १०७ मा सीमित भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले मुलुकभर शाखा विस्तार गर्दै आएका छन् । साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ११ हजार ५४१ पुगेको छ । अघिल्लो महिनाको तुलनामा ११ वटा नयाँ शाखा थपिएका हुन् । २०८० असार मसान्तमा ११ हजार ५३० शाखा रहेका थिए ।

वाणिज्य बैंकहरुको शाखा ५ हजार ६३, विकास बैंकहरुको १ हजार १३५ र वित्त कम्पनीका २८८ शाखा छन् । त्यस्तै, लघुवित्त वित्तीय संस्थाहरुको ५५ शाखा र पूर्वाधार विकास बैंकको १ शाखा रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal