Skip to content
Prabhu

चालु आवको पहिलो महिनामा अन्तर बैंक कारोबारमा ठूलो गिरावट

nabil

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा अन्तर बैंक कारोबारमा उल्लेखनीय गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पहिलो महिनामा वाणिज्य बैंकहरूमाझ ५१ अर्ब ५० करोड र अन्य वित्तीय संस्थाहरुबीच ६५ करोडको अन्तर बैंक कारोबार भएको छ । यस अवधिमा कुल ५२ अर्ब १५ करोडको कारोबार भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा भने वाणिज्य बैंकहरूको ५६१ अर्ब ६७ करोड र अन्य वित्तीय संस्थाहरुको ९३ अर्ब ७७ करोडको कारोबार गरी कुल ६५५ अर्ब ४४ करोडको अन्तर बैंक कारोबार भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal