विराटनगर । सप्तकोशीमा साँझ ६ बजे खसेको बसबाट २० जनाको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले नदीमा खसेको बसबाट २० जनालाई उद्धार गरेर उपचारका लागि पठाइएको जानकारी दिए ।
विराटनगरबाट उदयपुरको गार्इघाटतर्फ जाँदै गरेको को २ ख ४६०१ नम्बरको बस कोशी ब्यारेज पुलको ३५ नम्बर ढोकाबाट नदीमा खसेको थियो ।
तीव्र गतिमा रहेको बस साँझ ६ बजे चिप्लिएर नदीमा खसेको थियो । बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन । नदीमा खसेको बस निकाल्ने प्रयास भइरहेको एसपी रेग्मीले बताए ।
प्रतिक्रिया दिनुहोस्