Skip to content

एसियन लाइफ इन्स्योरेन्सको ५ लाख १४ हजार कित्ता सेयर बिक्रीमा

nabil bank

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले ५ लाख १४ हजार ४६५ कित्ता सेयर बिक्रीमा राखेको छ । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्ने छ ।

तोकिएको अवधिभित्र संस्थापकले खरिद नगरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खला गरिने कम्पनीले जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime