काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयरधनीहरुको आफ्नो नाममा रहेको सेयरर बिक्रीमा ल्याएको हो ।
बैंकले बिक्री ल्याएको सेयर कित्ता र न्यनतम मूल्य भने खुलाएको छैन । सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र लाजिम्पाटमा रहेको बैंकको सेयर शाखामा सम्पर्क गर्ने सक्नेछन् ।
संस्थापक सेयरधनीहरुका लागि गत भदौ ७ गते ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएकोमा उक्त समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुवाट कुनै लिखित जानकारी पेश हुन नआएकाले सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्