Skip to content
Prabhu

युनिलिभरको नेपालमा ३ दशक : ९ करोडको लगानीमा करिब १४ अर्ब लाभांश

nabil

काठमाडौं । युनिलिभर नेपाल आएको ३ दशक पुरा भयो । बेलायतको युनिलिभर कम्पनी नेपालमा भारत हुँदै नेपाल आएको हो ।

युनिलिभर नेपाल लिमिटेडमा हिन्दुस्थान लिभर लिमिटेडको ८० प्रतिशत, रविभक्त श्रेष्ठको परिवारको लगानी रहेको श्रीबिक्रम ल्याण्ड एण्ड इण्डिष्ट्रिजको ५ प्रतिशत र सर्वसाधारण सेयरधनीको १५ प्रतिशत सेयर स्वामित्व छ । १५ प्रतिशत सर्वसाधारणको स्वामित्वमा रहेको कम्पनीमा पनि रविभक्तको परिवारको उल्लेख सेयर रहेको छ ।

युनिलिभर नेपालको सेयर बजारमा सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी हो । यसको प्रतिकित्ता सेयर मूल्य ५० हजार भन्दा बढी छ । दैनिकजसो कारोबार हुने भएपनि त्यती सजिलोसँग युनिलिभरको सेयर किन्न पाइदैन । यसको कारण हो युनिलिभरको कम सेयर आपूर्ति ।

९ लाख २० हजार ७०० कित्तामात्र युनिलिभिरको सेयर सूचिकृत छ । सबै सेयर साधारण सरह नै भएपनि यसको सेयर बिक्रीमा आउने गर्दैन । ८० प्रतिशत ७ लाख ३६ हजार ५६० कित्ता हिन्दुस्थान लिभरको नाममा छ । बाँकी रहेको सेयर पनि खासै सप्लाईमा भने आउदैन । लाभांश पनि उच्च दिने सेयर संख्या समेत कम भएको हुँदा यसको सेयर मूल्य निकै उच्च छ । सेयर बजारको कारोबार मूल्यको हिसाबले युनिलिभरको नेपालमा भ्यालुएसन ४६ अर्ब ७२ करोड देखिन्छ ।

युनिलिभरको लाभांशको इतिहास हेर्ने हो भने यसले आर्थिक वर्ष २०५५/५६ देखि लाभांश दिन थालेको देखिन्छ । सो वर्ष युनिलिभरले २० प्रतिशत लाभांश दिएको थियो । आर्थिक वर्ष २०६०/६१ सम्म युनिलिभरको लाभांश १०० प्रतिशतभन्दा कम थियो । त्यसपछि हरेक वर्ष लाभांश बढ्दो क्रममा गयो । कोभिड भएको वर्ष आर्थिक वर्ष २०७६/७७ मा १०० प्रतिशत लाभांश दिएको थियो ।

 

युनिलिभरमा भएको लगानीबाट हिन्दुस्थान लिभरले अहिलेसम्म ११ अर्ब लाभांश लगेको छ । यस्तै रविभक्तको परिवारले करिब १ अर्बजति लाभांश बुझेको छ । सर्वसाधारण सेयरधनीले पनि १ अर्बजति लाभांश बुझेका छन् ।

दैनिक रुपमा बिहानदेखि बेलुकासम्म प्रयोग हुने बस्तुमा युनिलिभरको अधिपत्य छ । जसले गर्दा उसको कारोबार हरेक वर्ष बढ्दो क्रममा रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal