Skip to content
Prabhu

चीन सरकारको एउटा निर्णयले बनार्ड अर्नाल्टले कमाए एकै दिन १४ खर्ब रुपैयाँ

nabil
एजेन्सी । चीन सरकारको आर्थिक राहत प्याकेजको घोषणाले फ्रान्सका अर्बपति बनार्ड अनाउल्टको सम्पत्ति एकै दिन १७ अर्ब डलरले बढेको छ । फ्रान्सका लक्जरी पावरहाउस कम्पनी एलभीएमएचको सम्पत्ति एकै दिन १७ अर्ब डलर अर्थात् १४ खर्बभन्दा बढीले बढेको हो ।
चीनले मुलुकको आर्थिक गतिविधि सुस्ताएको उल्लेख गर्दै नयाँ राहत प्याकेज ल्याएको थियो । जसमा ब्याजदर कटौतीदेखि मोरगेज लोनमा सहुलियत दिइएको थियो । चीनको उक्त घोषणपछि हङकङको शेयर बजामा उछाल देखिएको थियो ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयर्टसका अनुसार हङकङको शेयर बजार १६ वर्षयता एक सातामा सबैभन्दा बढी उछाल देखिएको छ । अर्नाल्टले पछिल्लो एक वर्ष धेरै सम्पत्ति गुमाउने अर्बपतिमा परेका थिए । उनले एक वर्षमा २५ अर्ब डलर गुमाएका थिए । ब्लुमर्ग बिलिनियर इन्डेक्सका अनुसार अहिले उनको सम्पत्ति एकै दिन १७ अर्ब डलरले बढेर २०१ बिलियन डलर पुगेको छ । उनको एकै दिनमा सबैभन्दा धेरै सम्पत्ति बढेको यो तेस्रो हो ।
उनके कम्पनीले गत जुलाइमा वर्षको पहिलो छ महिनामा बिक्री १० प्रतिशत घटेको बताएको थियो । कम्पनीले एसियाली बजारबाट सन् २०२३ मा ३१ प्रतिशत आम्दानी गरेको थियो ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal