Skip to content
Prabhu

बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंक ५० अर्ब तान्दै

nabil

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बजारबाट ५० अर्ब रुपैयाँ उठाउने भएको छ । बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ उठाउन लागेको हो ।

७ दिन अवधीका लागि राष्ट्र बैंकले उठाउन लागेको ५० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले असोज २० गते फिर्ता पाउनेछन् । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निस् शेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ ।

बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोल कबोलका माध्यमबाट निर्धारण हुनेछ । अर्थात् सबैभन्दा थोरै ब्याजदर कबोल गर्ने बैंक तथा वित्तीय संस्थाको निक्षेप राष्ट्र बैंकले स्वीकार गर्ने राष्ट्र बैंकले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal