Skip to content
Prabhu

नेप्से प्रिओपन सेसनमा करिब ३ अंकले घट्यो

nabil

काठमाडौं । साताको पहिलो कारोबार दिनको प्रिओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३२ दशमलव ८१ अंक घटेर २४८६ दशमलव ७६ विन्दुमा बन्द भएको नेप्से आजको प्रि ओपनमा २ दशमलव ८५ अंक घटेर २४८३ दशमलव ९१ विन्दुमा झरेको हो ।

आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स भने ० दशमलव ११ अंक बढेको छ । आइतबार प्रि ओपन सेसनमा ४७ स्टकको १२७ पटकको कारोबारमा ७४ लाख ६५ हजार ६०८ रुपैयाँ ५० पैसाबराबरको १८ हजार ११ कित्ता सेयर खरिदबिक्री भएको छ ।

जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ । बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal