काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनएलजी इन्स्योरेन्स कम्पनीले निष्कासन गर्न लागेको हकप्रद स्वीकृत गरेको छ । बोर्डले कम्पनीले निष्काशन गर्न लागेको १००ः६२.५ रेसियोको हकप्रद स्वीकृत गरेको हो ।
गत शुक्रबार अबेर नेपाल धितोपत्र बोर्डले सोसम्बन्धी स्वीकृति प्रदान गरिएको जनाइएको छ । कम्पनीले ९५ करोड रुपैयाँको ९५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । सो हकप्रदको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।
प्रतिक्रिया दिनुहोस्