काठमाडौं । नेसनल लाईफ इन्स्योरेन्स कम्पनीले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कार सहितको डिनर कार्यक्रम ‘मिट द सीईओ’ सम्पन्न गरेको छ । गण्डकी प्रदेशबााट योग्य भएका करिब ३५ जना अभिकर्ताहरु, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा प्रमुख कार्यकारी अधिकृतज्यूले मायाको चिनो प्रदान गरेका थिए ।
यसका साथै स्किममा व्यवस्था भएअनुरुप अर्लि क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो ।
प्रमुख कार्यकारी अधिकृतले यस कार्यक्रममा छनौट हुने सम्पुर्ण अभिकर्ताहरुलाई प्रदेश स्तरीय सम्मान गर्ने क्रममा गण्डकी प्रदेशबाट छनौट हुने अभिकर्ताहरुलाई सम्मान गरेका थिए। साथै यो कार्यक्रम मधेस प्रदेशबाट सुरु गरिएको र छिट्टै नै अन्य प्रदेशहरुमा पनि गरिने जानकारी गराए ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरुको हितलाई मध्येनजर गर्दै समय सान्दर्भिक योजनाहरु प्रस्तुत गर्ने क्रममा मिट द सीइओ स्किम जारी गरेको र नेपालभर बाट यस स्किममा ३०० भन्दा बढी अभिकर्ता छनौट भएकामा गण्डकी प्रदेशबाट मात्रै ३५ जना अभकिर्ताहरु छनौट हुन सफल भएकोले यस स्किममा जोडिने सम्पुर्ण अभिकर्ताहरुलाई हार्दिक बधाई ज्ञापन गरे ।
कार्यक्रममा सहभागी अभिकर्ताहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा जोडिएका हरेक पक्षहरुका बारेमा विस्तृत रुपमा छलफल गर्न पाएकोमा खुशी व्यक्त गरे । यस योजनाले अभिकर्ता र कम्पनीका सीईओ दुवैलाई प्रत्यक्ष रुपमा जोडी अन्र्तक्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरुमा पनि ल्याउनु पर्ने सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्