Skip to content
Prabhu

विपद्को मौका छोपी एयरलाइन्सको कमाउने धन्दा, काठमाडौंबाट धनगढी जानभन्दा दिल्ली जान सस्तो

nabil

काठमाडौं । तीन दिनको लागतारको वर्षाका कारण सडक मार्ग अवरुद्ध भएको अवस्था छ । अधिकांश राजमार्गहरु बन्द हुँदा गन्तव्यमा पुग्ने यात्रुहरुलार्ई निकै सास्ती भइरहेको छ । सडक यातायात बन्द हुँदा यात्रुहरुले हवाई सेवा प्रयोग गर्नुपर्ने बाध्यता देखिएको छ ।

विपद्को समयमा सबै क्षेत्रले आफ्नो सेवालाई थप सहज र सस्तो बनाउने गरेका छन् । तर, हवाई सेवाको भाडादर भने सडक बन्द हुने बित्तिकै बढ्ने गरेको छ । अहिले देशका सबैजसो आन्तरिक उडानको भाडा बढेको छ । अहिले विमान कम्पनीहरुले दोब्बरको दरमा भाडा बढाएका छन् । शनिबारसम्म ७ हजार रुपैयाँ रहेको काठमाडौं सुर्खेतको एकतर्फी भाडा अहिले १२ हजार २ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आन्तरिक उडानमा काठमाडौंबाट धनगढीको भाडा अहिले १७ हजार रुपैयाँ पुगेको छ । यो भाडा काठमाडौंबाट दिल्ली जान भन्दा पनि महँगो हो । अहिले काठमाडौंबाट दिल्लीको एकतर्फिभाडा १३ हजार ४४२ रुपैयाँ रहेको छ ।

त्यस्तै ६ हजार ६०० रुपैयाँसम्म रहेको काठमाडौं–नेपालगन्जको भाडा अहिले १३ हजार २०० रुपैयाँ पुगेको छ । त्यस्तै शुक्रबारसम्म काठमाडौंबाट–भद्रपुरको भाडा ४ हजार ६०० रुपैयाँ थियो । जब बाढी आएर राजमार्ग अवरुद्ध भए त्यसपछि त्यो रुटको भाडा बढे १३ हजार पुगेको छ ।

त्यस्तै कही दिन पहिलेसम्म ५ हजार ७०० रुपैयाँ रहेको बिराटनगरको हवाईभाडा बाढी पहिरोपछि बढेर १० हजार रुपैयाँसम्म पुगेको छ । बाढी पहिरो विमान कम्पनीका लागि कमाउने अवसरका रुपमा देखिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal