काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल सरकाले सबै सामथ्र्य लगाएर विपद्को सामान गर्ने बताएका छन् । आज चीनबाट स्वदेश फर्किएका अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
अर्थमन्त्री पौडेलले भीषण बाढी र पहिरोले जनधनमा ठूलो क्षति पुर्याएकोमा दुःख व्यक्त गर्दै सरकारले आफ्नो सामर्थ्य लगाएर उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताएका हुन् । उनले अहिलेको परिस्थितिलाई सबै एकजुट भई सामना गर्ने बताउँदै आआफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गरे ।
अहिलेको अवस्थालाई ध्यानमा राख्दै अर्थमन्त्री पौडेल एयरपोर्टबाट सिधै अर्थ मन्त्रालय पुगी छलफलमा जुटेका छन् । अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा असोज ७ गते चीन गएका थिए ।
प्रतिक्रिया दिनुहोस्