काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा अपर स्याँङ्गे हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
आज दिउसो २ बजेर २० मिनेटसम्मको कारोबार अवधिमा यो कम्पनीको सेयर मूल्य ८९ रुपैयाँ ४० पैसाले घटेर ८०५ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको कारोबार भन्दा ९.९९ प्रतिशतले कम हो । यो अवस्थासम्म समग्र सेयर बजारमा १६९ कम्पनीको सेयर मूल्य घटेको छ भने ६७ कम्पनीको सेयर मूल्य बढेको छ ।
यो समाचार तयार पार्दासम्म समग्र बजार परिसूचक ११ दशमलव ०८ अंकले घटेको छ । यो अवस्थामा नेप्से परिसूचक २४७५ दशमलव ६८ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ३ अर्ब ५१ लाख रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्