काठमाडौं । आइतबार सेयर बजार राताम्य भएर बन्द भयो । साताको पहिलो दिन बजार परिसूचक २२ अंकले घटेको हो ।
सेयर बजार राताम्य भएको दिन ४६ कम्पनीको सेयर मूल्य भने बढेको छ । आज सबैभन्दा धेरै बढ्ने कम्पनीमा विन नेपाल लघुवित्त रहेको छ । यो कम्पनीको सेयर मूल्य १९० रुपैयाँले बढेर २ हजार ९० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.५५ प्रतिशतले धेरै हो । आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा कुमारी सबल योजना, इन्ग्वा हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स र सोनापुर मिनिरल्स रहेको छ ।
आजको कारोबार बन्द हुँदा कुमारी सफल योजनाको सेयर मूल्य ६.४९ प्रतिशत अर्थात्् ०.५५ रुपैयाँले बढेर ९ रुपैयाँ ०२ पैसा पेगेको छ । त्यस्तै इन्ग्वा हाइड्रोपावरको सेयर मूल्य पनि आज २६ रुपैयाँले बढेर ५०२ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ५.४६ प्रतिशतले धेरै हो ।
आजको कारोबार बन्द हुँदा एनलएलजी इन्स्योरेन्सको सेयर मूल्य पनि ६० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबारभन्दा ४.५६ प्रतिशतले बढी हो । आज सोनापुर मिनिरल्सको सेयर मूल्य ४.१४ प्रतिशत अर्थात् १७ रुपैयाँ ९० पैसाले बढेर ४५० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्