Skip to content
Prabhu

आगामी ३ दिन एयरलाइन्सहरुले नियमित भाडामै उडान गर्ने

nabil

काठमाडौं । प्राकृतिक विपत्तिलाई ध्यानमा राख्दै आन्तरिक उडानमा रहेका एयरलाइन्सहरुले अबका ३ दिन नियमित भाडामै उडान गर्ने भएका छन् । वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीका अनुसार सोमबार, मंगलबार र बुधबार सबै एयरलाइन्सहरुले नियमित भाडामै जहाज उडाने भएका हुन् ।

आइतबार एयरलाइन्सले सरकारले नै निर्धारण गरेको अधिकतम मूल्य राखेर उडान गरेपछि चौतर्फी विरोध भएको थियो । बाढीपहिरोको कारण सडक यातायात पूर्णरूपमा अबरुद्ध भइरहेको बेला एयरलाइन्सले महँगो शुल्क लिएको गुनासो बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले छलफलमा बोलाएको थियो । प्राधिकरणसँग भएको छलफलमा अबका तीन दिन नियमित भाडामै उडान गर्ने सहमति भएको हो ।

यस्तै वायुसेवा सञ्चालकहरुले नेपाल आयल निगमले बेच्दै आएको हवाई इन्धनमा अधिक नाफा लिइरहेकोले तत्कालका लागि मूल्य घटाउन समेत प्रस्ताव गरेका छन् । यस्तै तीन दिनसम्म प्राधिकरणले एयरलाइन्सहरुलाई विमानस्थल प्रयोगबापत लिने शुल्कमा समेत छुट दिन वायुसेवा कम्पनीहरुले प्रस्ताव राखेका छन् ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal