Skip to content

कोल्डप्लेको कन्सर्टको टिकटको मूल्य साढे १४ लाख रुपैयाँ

nabil bank
CORRECTION / Singer Chris Martin of British rock band Coldplay performs on stage during a concert at the Ernst Happel Stadium in Vienna, Austria on August 21, 2024. Security measures have been tightened in Vienna for a series of concerts by British band Coldplay this week, Austrian police said on August 20, 2024, after Taylor Swift's shows were cancelled after a suicide bombing plot. (Photo by TOBIAS STEINMAURER / APA / AFP) / Austria OUT / RESTRICTED TO EDITORIAL USE - MANDATORY MENTION OF THE ARTIST UPON PUBLICATION - TO ILLUSTRATE THE EVENT AS SPECIFIED IN THE CAPTION - NO MARKETING NO ADVERTISING CAMPAIGNS - DISTRIBUTED AS A SERVICE TO CLIENTS - NO ARCHIVE / “The erroneous mentions appearing in the metadata of this photo by TOBIAS STEINMAURER has been modified in AFP systems in the following manner: ADDING THE RESTRICTION 'NO ARCHIVE'. Please immediately remove the erroneous mentions from all your online services and delete them from your servers. If you have been authorized by AFP to distribute them to third parties, please ensure that the same actions are carried out by them. Failure to promptly comply with these instructions will entail liability on your part for any continued or post notification usage. Therefore we thank you very much for all your attention and prompt action. We are sorry for the inconvenience this notification may cause and remain at your disposal for any further information you may require.”
एजेन्सी । यदि तपाईं भारतमा हुनुहुन्थ्यो र तपाईंको साथमा ९ लाख भारु हुन्थ्यो भने के किन्नुहुन्थ्यो ? कार किन्नुहुन्थ्यो वा  विश्व भ्रमण गर्नुहुन्थ्यो । कि हिराको गहना वा कोल्डप्ले कन्सर्टको टिकट किन्नुहुन्थ्यो ?
ब्रिटिश रक ब्यान्ड कोल्डप्लेले अर्को वर्ष मुम्बईमा आफ्नो गर्र्न लागेको म्युजिक अफ द स्फियर्सको वर्ल्ड टुरको तीन शो प्रदर्शन गर्न लागेको छ । बुकमाईशो कन्सर्टको आधिकारिक टिकटिङ प्लेटफर्ममा उक्त कन्सर्टका टिकटहरू केही मिनेटमै बिक्री भएका छन् । त्यसपछि रिसेलिङ प्लेटफर्ममा ती टिकटहरूको मूल्य अत्यधिक मात्रामा बढाइएको छ ।
टिकटहरू गत आइतबार बिक्रीमा आएका थिए, जसको मूल्य २५ सय भारुदेखि १२ हजार भारुसम्म थियो । एक लााख ८० हजार टिकट किन्नका लागि एक करोडभन्दा बढी मानिसहरूले प्रतिस्पर्धा गरेका थिए ।
प्रशंसकहरूले लामो डिजिटल लाइनमा कुर्नुपरेको थियो र वेबसाइट क्र्यास भएको थियो  । धेरैले टिकट बिक्रीमा धाँधली भएको आरोप लगाएका छन् । किनकि टिकटहरू आधिकारिक वेबसाइटमा आउनुअघि नै रिसेलरहरुले पाँच गुणासम्म बढडी मूल्यमा बिक्री गर्न थालिसकेका थिए । उनीहरुले एउटा टिकटको मूल्य ९ लाख भारु अर्थात करिब साढे १४ लाख रुपैयाँसम्म राखेका थिए ।
यस महिनाको सुरुमा युकेमा ओएसिसको कन्सर्टका लागि टिकट बिक्री हुँदा पनि यस्तै समस्या आएको थियो । जहाँ पुनः विक्रेताहरूले १३५ पाउन्डको टिकटलाई ३५० पाउन्डसम्म बेचिरहेका थिए । तर कोल्डप्ले टिकटहरूको यो अत्यधिक मूल्य अझै पनि ध्यान दिन लायक छ । तुलना गर्दा, मडोनाले आफ्नो सेलेब्रेशन टुरका लागि भीआईपी पासको मूल्य १  हजार तीन सय ६ पाउन्ड राखेका थिए भने बेयोनसेको रेनेसन्स कन्सर्टका सर्वश्रेष्ठ टिकटहरू २४ सय पाउन्डमा बिक्री भएका थिए ।
यस घटनाले भारतमा टिकट स्क्याल्पिङबारे ठूलो बहस सुरु गरेको छ । जहाँ मानिसहरूले बटहरू वा स्वचालित उपकरणहरूको प्रयोग गरेर लाइनलाई छलेर धेरै टिकट किन्न सक्छन्  । र, रिसेलर प्लेटफर्महरूमा बेच्न सक्छन् ।
यसअघि पञ्जाबी गायक दिलजीत दोसाझको आगामी कन्सर्टको टिकट किन्न पनि यस्तै समस्या आएको थियो । तत्कालीन समयमा पनि रिलेसल प्लेटफर्ममा ठूलो मूल्यमा टिकट बिक्री गरेका थिए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime