Skip to content

गृह मन्त्रालयद्वारा काभ्रे र धादिङका प्रमुख जिल्ला अधिकारीको सरुवा

nabil bank

काठमाडौं । गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईं र धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई गृह मन्त्रालयमै काम गर्ने गरी सरुवा गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।

गृहले उनीहरूको ठाउँमा धादिङमा सुमन घिमिरे र काभ्रेमा उमेश ढकाललाई पठाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime