काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको सेयर लक इन अवधि कात्तिक १५ गते समाप्त हुने भएको छ । कम्पनीका संस्थापक, संस्थापकका कर्मचारी, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कम्पनीका कर्मचारीहरूले खरिद गरी लिएका सेयर तीन वर्षको लक इन अवधिमा राख्नुपर्ने व्यवस्था गरिएको थियो ।
यो सेयर लकइन अवधि २०७८ सालको २० असोजदेखि सुरु भएको थियो, जसको अन्तिम बाँडफाँट २०७८ सालको १६ कात्तिकमा सम्पन्न भएको थियो । संस्थापक सेयरधनीहरू ३७ लाख ७० हजार कित्ता सेयर, कम्पनीका कर्मचारीहरू १४ हजार ६०० कित्ता सेयर र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको ५ लाख कित्ता सेयर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्