Skip to content

सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ । गत साता ६ दिन नै बढेको सुन आज तोलामा १०० रुपैयाँले सस्तो भएको हो ।

अघिल्लो दिन पनि सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको थियो । आज नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले सस्तो भएको छ । आज चाँदी तोलाको १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९४५ रुपैयाँ रहेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्