Skip to content
Prabhu

माण्डु हाइड्रोपावरको साधारण सभा आज

nabil

काठमाडौं । माण्डु हाइड्रोपावरको वार्षिक साधारण सभा आज बस्दैछ । सभा, नेपा ब्यांकेट, नयाँ बजार, काठमाडौंमा बिहान १० बजे सुरु भएको हो ।

सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते सोमबार बुक क्लोज गरिसकेको छ । तसर्थ, भदौ ३० गतेसम्म कायम रहेका सेयरधनीले मात्र लाभांश हात पार्न र सभामा सहभागिता जनाउन सक्नेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal