काठमाडौं । सोमबारको सेयर कारोबार खुल्ने वितिकै विन नेपाल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । बजार खुलेको पहिलो मिनेटमा नै विन नेपाल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मूल्य पहिलो मिनेटमा नै ३०९ रुपैयाँले घटेर २ हजार ७८१ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । अघिल्लो दिनको कारोबारमा भने यो कम्पनीको सेयर मूल्य सबै भन्दा धेरैले बढेको थियो ।
प्रतिक्रिया दिनुहोस्