Skip to content
Prabhu

सेयर बजारमा ४४ अंकको वृद्धि, कारोबार रकम पौने ४ अर्बमा सीमित

nabil

काठमाडौं । सेयर कारोबार हुने साताको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज दोहोरो अंकले बढेर बन्द भएको हो ।

आज नेप्से परिसूचक ४४ दशमलव ४५ अंकले बढेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २५०० विन्दु माथि पुगेको छ । सोमबारको कारोबार बन्द हुँदा परिसूचक २५०८ दशमलव ८६ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.८० प्रतिशतले बढी हो ।

सोमबार सेयर बजारमा २१० कम्पनीको सेयर मूल्य बढेको छ । भने ३३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एउटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज ‘क’ वर्गका कम्पनीको मापस सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ४५ अंकले बढेर ४५१ दशमलव ३४ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने एउटाको सेयर मूल्य मात्रै घटेको छ ।

आज सेयर बजार परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन ४ अर्ब भन्दा माथिको कारोबार भएको बजारमा आज ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९३५ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३१९ कम्पनीका ९७ लाख १७ हजार ९५९ कित्ता सेयर खरिद बिक्रीबाट उक्त रकमको कारोबार भएको हो ।

आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर बन्द भएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal