काठमाडौं । आज सेयर बजार परिसूचक ४४ अंकले बढेर कारोबार बन्द भयो । कारोबार भएका कम्पनीमध्ये २१० कम्पनीको सेयर मूल्य बढेको दिन २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा सिईडिबी हाइड्रोपावर र कुमारी सबल योजनाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबारको कारोबार बन्द हुँदा सिईडिबी हाइड्रोको सेयर मूल्य १५७ रुपैयाँले बढेर १ हजार ७२७ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबारभन्दा १० प्रतिशतले बढी हो । आजको कारोबार बन्द हुँदा कुमारी सबल योजनाको सेयर मूल्य पनि ९.९८ प्रतिशत अर्थात् ०.९० रुपैयाँले बढेर ९ रुपैयाँ ९२ पैसा पुगेको छ ।
त्यस्तै आज धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा युनाइटेड मोदी हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट र सानापुर मिनरल्स छन् । आज युनाइटेड मोदी हाइड्रोको सेयर मूल्य आज २७ रुपैयाँ १० पैसाले बढेर ३१० रुपैयाँ पुगेको छ । यो अघिलो दिनको भन्दा ९.५८ प्रतिशतले बढी हो ।
त्यस्तै सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा पनि ९.४७ प्रतिशत अर्थात् ६९ रुपैयाँले बढेर ७९८ रुपैयाँ पुगेको छ । आज सोनापुरको सेयर मूल्य पनि प्रतिकित्ता ४१ रुपैयाँले बढेर ४९१ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार दिन भन्दा ९.११ प्रतिशतले बढी हो ।
प्रतिक्रिया दिनुहोस्