Skip to content
Prabhu

सेयर बजार बढेको दिन ४ म्युच्युअल फण्ड र एक बीमा कम्पनीको सेयर मूल्यमा उच्च गिरावट

nabil

काठमाडौं । सेयर बजार उच्च अंकले बढेको दिन ४ म्युच्युअल फण्ड र एक बीमा कम्पनीको सेयर मूल्यमा आज उच्च गिरावट आएको छ । १३ उपसूचकमध्ये म्युच्युअल फण्ड बाहेक सबै उपसूचकको सेयर मूल्य बढेको थियो ।

आजको कारोबार बन्द हुँदा प्रभु सेलेक्ट फण्ड, नविल ब्यालेन्स फण्ड–२, प्रभु स्मार्ट फण्ड र ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१ को सेयर मूल्यमा उच्च गिरावट आएको छ । त्यस्तै आज एनएलजी इन्स्योरेन्स कम्पनी पनि उच्च गिरावट हुने कम्पनीको शीर्ष पाँच भित्र परेका छ ।

आज सबैभन्दा धेरै प्रभु सेलेक्ट फण्डको सेयर मूल्य घटेको छ । यो स्टकको सेयर मूल्य ९.३६ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य १ रुपैयाँले घटेर ९ रुपैयाँ ६८ पैसा पुगेको छ । त्यस्तै नविल ब्यालेन्स फण्डको सेयर मूल्य ०.७० रुपैयाँले घटेर ८ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो कारोबार दिनभन्दा ७.२९ प्रतिशतले कम हो ।

त्यस्तै प्रभु स्मार्ट फण्डको सेयर मूल्य पनि ७ प्रतिशत अर्थात् ०.७२ रुपैयाँले घटेर ९ रुपैयाँ ५७ पैसा पुगेको छ । ग्लोबल आइएमई ब्यालेन्स फण्डको सेयर मूल्य पनि ०.४६ रुपैयाँले घटेर ९ रुपैयाँ ०१ पैसा पुगेको छ ।

यो अघिल्लो दिन भन्दा ४.८६ प्रतिशतले कम हो । आज एनएलजी इन्स्योरेन्सको सेयर मूल्य पनि प्रतिकित्ता ६४ रुपैयाँले घटेको छ । यो कम्पनीको सेयर मूल्य आजको कारोबार बन्द हुँदा १ हजार ३११ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.६५ प्रतिशतले कम हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal